घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत घोराही उपमहानगरपालिका–१६ का ४९ वर्षीय अजय बोहोरामाथि मोसो छ्यापेर अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य ३५ वर्षीय लेखराज बुढाथोकीलाई गिरफ्तार गरेको छ ।
घोराहीको पद्मोदय मावि विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा असहमति जनाउँदै आएका बुढाथोकीले निर्वाचन अधिकृत बोहोरालाई असार २७ गते मोसो छ्यापेर फरार भएका थिए । प्रहरीले आरोपितलाई असार २९ गते घोराहीबाट गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी डा हेमबहादुर केसीले जानकारी दिनुभयो । पीडित पक्षले कारवाहीको माग गर्दै असार २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।