INSEC Online

📅 २०८३ असार २९

जेनजी अभियन्तामाथिको कुटपिट घटनाको विरोधमा प्रदर्शन

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका डुबान प्रभावित सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरू २७ वर्षीय माजिद अन्सारी, २५ वर्षीया मोनिका निरौला, २३ वर्षीया रिया बानियाँ र २५ वर्षीया सरिस्मा थापालाई प्रहरीले ०८३ असार २७ गते कुटपिट तथा गिरफ्तार गरिएको घटनाको विरोधमा जेनजी मुभमेन्ट एलायन्स मधेश प्रदेशको आयोजनामा असार २८ गते जनकपुरधामस्थित रामानन्द चोक र पूर्वपश्चिम राजमार्ग ढल्केबरमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।

Screenshot

गिरफ्तार गर्ने क्रममा प्रहरीले माजिद अन्सारीमाथि कुटपिट गरेको र त्यसबाट उनी घाइते भएको अभियन्ताहरूले बताएका छन्। घाइते अन्सारीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

जेनजी मुभमेन्ट एलायन्स मधेश प्रदेशका प्रतिनिधि मोहम्मद नईम राईनले लोकतान्त्रिक व्यवस्थामा नागरिकको आवाजलाई दबाउने प्रयास स्वीकार्य नहुने बताउनुभयो। उहाँले शान्तिपूर्ण आन्दोलनमा सहभागी युवामाथि गरिएको धरपकड संविधानले प्रत्याभूत गरेका नागरिक अधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको धारणा व्यक्त गर्नुभयो।

प्रदर्शनकारीहरूले नागरिकको शान्तिपूर्ण रूपमा भेला हुने, आफ्ना विचार व्यक्त गर्ने तथा मानव अधिकारको संरक्षण हुने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

सन्तोष कुमार यादव

अन्य

भिडियो