मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक ५५ वर्षीय दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा ०८३ असार २८ गते कार्यक्रम गर्न नदिई भक्तपुरको मध्यपुर थिमीस्थित निवासमा पुर्याएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनु भएको छ ।
प्रसाईंले निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको एसपी भट्टराईले बताउनु भयो।
उहाँका अनुसार प्रसाईंले पोस्टरसहित विमानस्थल परिसरमा कार्यक्रम आयोजना गर्ने तयारी गर्नुभएको थियो। विमानस्थल निषेधित क्षेत्र भएकाले कार्यक्रम गर्न अनुमति नदिइएको प्रहरीको भनाइ छ।
नागरिक बचाउ महाअभियानको ब्यानरमा त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीबारे सम्बोधन गर्ने कार्यक्रम आन्तरिक टर्मिनलमा राखिएको र प्रहरीले कार्यक्रम रोक लगाएपछि प्रसाईँलाई भक्तपुरको मध्यपुर थिमीस्थित निवासमा पुर्याएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।