INSEC Online

📅 २०८३ असार ३०

मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत

नेपाल सरकारले मानव अधिकारको संरक्षण, प्रवर्धन तथा प्रभावकारी कार्यान्वयनलाई थप सुदृढ बनाउने उद्देश्यले मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ०८३ असार २४ गते स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार स्वीकृत उक्त कार्ययोजनाले मानव अधिकारका विभिन्न पक्षलाई समेट्दै सम्बन्धित निकायहरूको जिम्मेवारी, कार्यान्वयन संयन्त्र तथा अनुगमन प्रक्रियालाई स्पष्ट गरेको छ ।

कार्ययोजनामार्फत संविधान तथा नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी दायित्वहरूको प्रभावकारी कार्यान्वयन, सुशासनको प्रवर्धन, न्यायमा पहुँच, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायका अधिकार संरक्षणलाई प्राथमिकता दिइएको छ ।

सरकारले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय, विभाग तथा निकायहरूबीच आवश्यक समन्वय र नियमित अनुगमन गरिने जनाएको छ ।

पार्बती साउद

अन्य

भिडियो