INSEC Online

📅 २०८३ असार २५

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई ०८३ असार २१ गते गौर नगरपालिका– २ स्थित सुष्मा प्यालेस होटेलमा सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने २५ वर्षीय सन्तोष राउत , भारतको मजफपुर  जिल्ला कल्याणी पञ्चायत –२४ का ३३ वर्षीय मोहम्मद ताजदिन, मैरोवन पञ्चायत –२ का ३७ वर्षीय जितेन्द्रकुमार , बकटपुर पञ्चायत –१ का ३८ वर्षीय हसनैन आलम र क्रममा पञ्चायत –४ का ३७ वर्षीय आलोक कुमारलाई  गिरफ्तार गरी असार २३ गते जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

प्रेमी सन्तोषले विवाहको आश्वासन दिएर होटेलमा बोलाई अन्य आरोपितसँग मिलेर सामुहिक रुपमा बलात्कार गरेको भन्दै पीडितले असार २१ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त गौतमले जानकारी दिनुभयो। घटनासम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी गौतमले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण असार २२ गते प्रादेशिक अस्पताल गौरमा गरिएको छ ।

गौरी न्यौपाने

अन्य

भिडियो