१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धभूमि नगरपालिका–६ महुवाका २५ वर्षीय अखण्ड कुमार यादवलाई असार १२ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई जेठ १४ गते बलात्कार गरेको भनी पीडित पक्षले असार १२ गते इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण असार १२ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।