जितपुर सिमरा उपमहानगरपालिका –१६ टाँगिया बस्तीमा मोबाइल चोरी गरेको भन्दै चार जना बालबालिकाहरूलाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानी माया मोक्तान र ४० वर्षिया निर्मला वाइवालाई ०८३ असार १७ गते गिरफ्तार गरेको छ ।
मोबाइल चोरेको आरोपमा बालबालिकाहरूलाई असार १६ गते आरोपितहरुले सार्वजनिक चौतारोमा रहेको बरको रुखको फेदमा बाँधेर कुटपिट गरी यातना दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मिनबहादुर घलेले जानकारी दिनुभयो। उनीहरुविरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।