१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले असार १६ गरे घोराही उपमहानगरपालिका-४ का ३५ वर्षीय बामदेव बिकलाई गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण असार १७ गते राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठान घोराहीमा गरिएको छ ।