INSEC Online

📅 २०८३ असार १७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बलवा नगरपालिका–९ अध्यानपुरका ३२ वर्षीय मिस्टर आजाद शेषलाई ०८३ असार १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले युवतीलाई असार १४ गते राती सुतिरहेको अवस्थामा घरभित्र प्रवेश गरी बलात्कार गरेको भन्दै पीडितले असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपि पञ्चलाल गोलेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण सोही दिन प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको छ  ।

मधेस प्रदेश कार्यालय

अन्य

भिडियो