INSEC Online

📅 २०८३ असार १६

बलात्कार गरेको कसुरमा तीन महिना कैद

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले स्याङ्जा जिल्ला घर भई तानसेन–४ मा बस्दै आएका २२ वर्षीय बिष्णु कुमाललाई तीन महिना कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको ०८३ असार १५ गतेको इजलासले आरोपितलाई आंशिक कसुर ठहर गर्दै ३ महिना कैद, १५ हजार रुपियाँ जरिवाना र २३ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनुभयो ।

आरोपितले बालिकालाई ०८२ भदौ १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १३ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई भदौ १३ गते तानसेनबाट गिरफ्तार गरेको थियो । जिल्ला अदालत पाल्पाका तत्कालीन न्यायाधिश दल बहादुर केसीको २०८२ भदौ २९ गतेको इजलासले आरोपितलाई पर्पुक्षका लागि थुनामा पठाएको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ १३ गते पाल्पा अस्पतालमा गरिएको थियो ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो