उदयपुर जिल्ला कटारी नगरपालिका–५ घर भई सूर्यविनायक नगरपालिका–९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले छोरा २४ वर्षीय किरण चौधरीलाई ०८३ असार १३ गते गिरफ्तार गरेको छ ।
आरोपितले आमालाई असार १२ गते कुटपिट गर्दा गम्भीर घाइते बनाएका थिए । घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको अवस्थामा असार १३ गते मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । शवको पोष्टमार्टम असार १३ गते पाटन अस्पतालमा गरी सोहिदिन मृतकका आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ ।