INSEC Online

📅 २०८३ असार १५

समाचार सङ्कलन क्रममा पत्रकारमाथि कुटपिट

रेडियो धनुषाधाममा कार्यरत पत्रकार धनुषा जिल्ला धनुषाधाम नगरपालिका–५ का २३ वर्षीय गोविन्द यादवमाथि कर्जन्हा नगरपालिका–७ मरेवा टोलमा आरसिसि ढलानको रिपोटिङ्ग गर्ने क्रममा वडा अध्यक्ष ५१ वर्षीय रामसेवक यादव र उनका छोरा २१ वर्षीय गिरिजा यादवले ०८३ असार ११ गते कुटपिट गरे । पीडितले आरोपितहरु विरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा असार १२ गते उजुरी दिएका छन्।

ढलानको विषयमा स्थानीय र वडा अध्यक्ष बीचको विवाद हुँदा समाचार सङ्कलन गरिरहेका पत्रकार यादवमाथि वडा अध्यक्ष र उनका छोराले कुटपिट गर्नुका साथै उनको मोबाइल समेत फुटाइ दिएको पीडितले बताउनु भयो ।

आरोपितहरु फरार रहेकोले खोजतलास गरिरहेको र घटनासम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पुरुषोतम पाण्डेले बताउनु भयो ।

दुर्गा परियार

अन्य

भिडियो