हिलिहाङ गाउँपालिका–५ का वडा सदस्य छबिन्द्र योङहाङलाई असार १२ गते कुटपिट गरेको आरोपमा दोषीलाई कारबाहीको माग गरिएको छ ।
विपद् व्यवस्थापन तथा सरसफाइको काममा खटिएको अवस्थामा ०८३ असार १२ गते वडा सदस्य योङहाङलाई सोही ठाउँका मनराज सुहाङले कुटपिट गरेको आरोपमा पीडित पक्षले कारबाहीको माग गरेको हो ।
अविरल वर्षापछि प्रभावित क्षेत्रको पहिरो व्यवस्थापन तथा सरसफाइको काममा संलग्न रहनुभएका वडा सदस्य योङहाङमाथि सुहाङले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
हिलिहाङ गाउँपालिका–५ को वडा क्षेत्रमा ०८३ असार ४ र ५ गतेको वर्षापछि उत्पन्न विपद्को व्यवस्थापनका लागि खटिरहेका बखत वडा सदस्य योङहाङमाथि कुटपिट भएको आरोपमा हिलिहाङ गाउँपालिका–५ का वडाध्यक्ष वीर्खबहादुर सुहाङले असार १३ गते विज्ञप्तिमार्फत दोषीलाई कारबाहीको माग गर्नु भएको छ ।
हेल्मेटले टाउको र छातीमा प्रहार गरेपछि घाइते हुनु भएका पीडितको झापास्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।