नवयुवा पुस्ताको आन्दोलनका क्रममा भीमफेदी क्षेत्रीय कारागारबाट ०८२ भदौ २४ गते फरार भएका ४ सय ४० कैदीबन्दीमध्ये अझै १ सय २८ जना फरार रहेका छन् । फरारमध्ये लागुऔषध मुद्दामा सजाय भोगिरहेका रामेछापको हिमगंगा घर भई हाल हेटौंडा उपमहानगरपालिका–१५ फायरलाइन बस्ने २५ वर्षीय मनोज पुलामी मगरलाई ०८३ असार १२ गते हेटौंडाबाट प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हालसम्म ३ सय १२ जना फरार कैदीबन्दीलाई विभिन्न स्थानबाट गिरफ्तार गरिएको छ । कारागारबाट फरार ३९ भारतीय नागरिक मध्ये १३ जनालाई गिरफ्तार गरी कारागारमा फर्काइएको छ भने २६ जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार फरार कैदीबन्दीहरूको मध्ये अधिकांश लागुऔषध तथा जबर्जस्तीकरणी मुद्दाका अभियुक्त छन् । काठमाडौंको केन्द्रीय कारागार, नख्खु, भरतपुर, कास्की र तनहुँलगायत कारागारबाट फरार भई मकवानपुरमा गिरफ्तार भएका ७७ जनालाई पनि भीमफेदी कारागारमै राखिएको छ । हाल कारागारमा ३५ महिलासहित ९ सय ७३ कैदीबन्दी छन्, जसमध्ये ४४ जना विदेशी नागरिक रहेका छन्।
बलात्कार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई ०८३ जेठ ७ गते बलात्कार गरेको आरोपमा