INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अर्जुनधारा नगरपालिका–६ का ३० वर्षीय आकाश राईलाई जिल्ला अदालतले पाँच वर्ष कैदको सजाय सुनाएको छ ।

न्यायाधीश खिलराज रेग्मीको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी पीडकबाट २५ हजार रुपियाँ असुल उपर गर्न समेत चैत ३ गते आदेश दिएको अदालतले जनाएको छ ।

पीडित बालिकालाई राईले ०७५ वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ सोही दिन इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।

उजुरी लगत्तै आरोपितलाई प्रहरीले गिरफ्तार गरी वैशाख २ गते जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा वैशाख १ गते गरिएको थियो ।

अन्य

भिडियो