२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कविलासी नगरपालिका–६ का ३१ वर्षीय अरजुन मुखियालाई ०३८ असार ११ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नन्दकिशोर प्रसाद यादवको इजलासले आरोपितलाई पाँच वर्ष कैद सजाय र ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ती दिने गरी मुद्दाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले जानकारी दिनु भयो ।
आरोपितले महिलालाई ०८२ मंसिर ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।