INSEC Online

📅 २०८३ असार १२

न्यायिक प्रक्रियामा जानको लागि इन्सेकद्वारा आर्थिक सहयोग प्रदान

मानव बेचविखन तथा ओसारपसार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८३ असार १२ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

कैलारी गाउँपालिका–७ रामपुरकी १४ वर्षीया बालिकाालाई कानुनी प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पीडित बालिकाको आर्थिक अवस्था दयनिय भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाकी आमाले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

कैलारी गाउँपालिका–७ बसन्ताका ४० वर्र्षीय अमरनाथ चौधरीले पीडित बालिकालाई ०८२ चैत २६ गते बेचविखन तथा ओसारपसार प्रयास गरेको भन्दै पीडित परिवारले ०८३ वैशााख ९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको थियो ।

यसैगरी बलात्कार घटनाका पीडित सात वर्षीया र ६ वर्षीया बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८३ असार १२ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित बालिकाहरुकोे परिवारीक आर्थिक अवस्था दयनिय भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाका अभिभावकहरुले इन्सेकद्वारा संचालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले प्रति व्यक्ति १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

सात वर्षीया बालिकालाई ०८३ वैशाख ३१ गते लम्कीचुहा नगरपालिकाका १५ वर्र्षीय बालकले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनुभएको थियो ।
६ वर्षीया बालिकालाई ०८३ वैशाख २६ गते १५ वर्षीया बालकले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनुभएको थियो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

मैनामोती चौधरी

अन्य

भिडियो