१७ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय बाबुलाई चैत ४ गते गिरफ्तार गरेको छ ।
आरोपितले विगत दुई वर्ष अघिदेखि डर, त्रास र धाकधम्की देखाएर बलात्कार गर्दै आएकोमा पछिल्लो पटक चैत १ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले चैत २ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
बलात्कार गरेको कसैलाई भनेमा आगो लगाएर मार्ने भनी आरोपितले धम्की समेत दिएको पीडित बालिकाको भनाई छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ५ गते जिल्ला अस्पताल सल्लेमा गरिएको प्रहरीले जनाएको छ ।