१९ वर्षीया महिलालाई बलात्कार गरेको अरोपमा प्रहरीले त्रिपुरासुन्दरी गाँउपालिका—४ का २० वर्षीय विवेक हेले भन्ने विवेक दमाईलाई ०८३ जेठ २६ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई जेठ २४ गते बलात्कार गरेको आरोपमा पीडितपक्षले जेठ २६ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नगेन्द्र बस्नेतले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको छ।