सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनवल नगरपालिका-८ बैरीनाथका ६६ वर्षीय खड्क लोनियालाई प्रहरीले ०८३ असार ८ गते गिरफ्तार गरेको छ ।
आरोपीले बालिकालाई असार ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण असार ८ गते पृथ्विचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।