१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको मोतिहारी जिल्ला बोरियानी थाना स्थायी घरभई हाल वाणगंगा नगरपालिका– १ गरजितपुरको सुमा फुड प्रोडक्सनमा काम गर्ने ३८ वर्षीय वकिल सहानीलाई असार ४ गते वाणगंगाबाट गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई जेठ २९ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले असार ४ गते इलाका प्रहरी कार्यालय वाणगंगामा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण असार ४ गते पिपरा अस्पताल वाणगंगामा गरिएको छ ।