स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने भन्दै सदरमुकाम खाँदबारीमा कार्यक्रम सञ्चालन गरी रहेको वान हर्ट वल्डवाईड नामक संस्थाले पत्रकारलाई दुर्व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ ।
सो संस्थाले जिल्लामा सञ्चालन गरिरहेको कार्यक्रमको सूचना माग्न गएका पत्रकारहरुलाई जिल्ला संयोजक राजीवकुमार शर्माले दुर्व्यवहार गरेको पीडित पत्रकारहरुको आरोप छ ।
संस्थाका जिल्ला संयोजक शर्माले मौखिक सूचना माग्दा दिन नमिल्ने भनेपछि कान्तिपुरका जिल्ला संवाददाता दीपेन्द्र शाक्य, एभीन्यूज टेलिभिजनका भविन कार्की र नेपाल टेलिभिजनका सुजन बज्राचार्य लिखित रुपमा सूचना माग गरी सूचना लिन चैत ३ गते वान हर्ट वल्डवाईडको कार्यालय पुगेका थिए ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३(१) बमोजिम निवेदन दर्ता गरिसकेपछि संयोजक शर्माले अभद्र व्यवहार गरी गालीगलौज गरेको पीडित पत्रकार दीपेन्द्र शाक्यले बताए ।
आरोपित शर्माले किन चाहियो कामको गतिविधि भन्दै क्यामेरा खोस्ने प्रयास गरेको पत्रकार शाक्यले बताए ।
पत्रकारहरुले वान हर्टले जिल्लामा काम गरेको सुरु मितिबाट गरेको तालिम गोष्ठीको खर्च माग गरेका थिए ।
शर्माले हालसम्म स्वास्थ्य क्षेत्रमा कति रकम खर्च गरिसक्यो भन्ने विषयमा पत्रकारहरुले संस्थासँग लिखित रुपमा सूचना माग गरेको पीडित पत्रकार भविन कार्कीले बताए ।