चितवन जिल्लाको नारायणगढबाट ०८३ असार १ गते अपहरणमा परेका १६ वर्षीय बालकलाई प्रहरीले असार २ गते काठमाडौंबाट उद्दार गरेको छ ।
चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार ६ जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी बालकलाई काठमाडौंको एक होटलमा बन्धक बनाइ परिवारजनसँग रकम माग गरेका थिए ।
अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले भारतको बिहारका सुजित कुमार, गोलु कुमार, बिक्कि कुमार, मोहम्मद साहिद र गोलु कुमारलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले असार २ गते गिरफ्तार गरेको छ ।