बागलुङको जैमीनी नगरपालिका–५ घर भई फलेवास नगरपालिका–५ खानीगाउँकी ५२ वर्षीया सन्तु भन्ने सोमकुमारी नेपालीको ०८३ जेठ ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले फलेवास नगरपालिका–५ का २८ वर्षीय कुशल पुरीलाई जेठ २८ गते मोदि गाउँपालिका–२५ पातिचौरबाट गिरफ्तार गरेको छ ।
आरोपितले सोमकुमारीको गहना लुटने उद्देश्यले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी राजनकुमार पटेलले जानकारी दिनुभयो
प्रहरीले आरोपितलाई जिल्ला अदालत पर्वतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
शवको पोस्टमार्टम प्रदेश अस्पताल धौलागिरीमा जेठ ९ गते भयो ।