१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका–३ बिर्ताबजारका २९ वर्षीय प्रविण राउतलाई असार १ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८३ जेठ ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १ गते इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा असार १ गते गरिएको छ ।