INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला हिंसाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

महिला भएकै कारण हिंसा भएको भन्दै खाँडादेवी गाउँपालिका–४ पुछिघाटकी २४ वर्षीया सुकुमाया माझीले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता गराएकी छिन् ।

फागुन २५ गते मन्थली नगरपालिका–६ मसानटारका २२ वर्षीय बुद्धिराज माझीसँग परम्परागत रूपमा विवाह गर्ने कुरा छिनिएपछि बेहुली पक्षले विवाहको सबै तयारी गरको अवस्थामा आरोपितले २५ गते अर्कै केटीसँग बिबाह गरी पीडितको घरमा नयाँ बेहुली सहित दुई ओटा गाडीमा गाउँलेसमेत लिएर आई पीडित पक्षलाई धम्क्याएको भन्दै आरोपितविरूद्ध पीडित पक्षले २७ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दिएको प्रहरीले बतायो ।

पीडित युवतीले आफूमाथि महिला भएकै कारण अपमान जनक हिंसा भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएपछि आरोपितलाई हिरासतमा लिई महिला माथि अभद्र व्यवहार गरेको आरोपमा कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर शेख अदालतले बताए । स्थानीयले आरोपितलाई नियन्त्रणमा लिई सोही दिन प्रहरीको जिम्मा लगाएको उनले बताए ।

अन्य

भिडियो