१३ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ३६ वर्षीय बाबुलाई जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।
न्यायाधीश कैलाश केसीको इजलासले फागुन २८ गते सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक बाबुलाई जबरजस्तीकरणी तथा हाडनाता करणी मुद्दामा उक्त सजाय निर्धारण गरिएको ओखलढुङ्गा जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन्धु पौड्यालले बताए ।
पौड्यालका अनुसार हाडनाता करणीतर्फ जन्मकैद अर्थात् २५ वर्ष र जबरजस्ती करणीतर्फ जन्मकैदको आधा सजाय १२ वर्ष ६ महिना गरी दुई कसुरमा ३७ वर्ष ६ महिना सजाय तोकिएको हो ।
मुलुकी अपराधसंहिता कार्यन्वयनमा आएपछि कसुर निर्धारण गरेपछि सजाय निर्धारण गरेर यति धेरै वर्ष कैद फैसला भएको पहिलो मुद्दा भएको श्रेस्तेदार पौड्यालले जानकारी दिए । उक्त मुद्दामा फागुन ९ गते कसुर निर्धारण भई पेशी तोकिएको थियो ।
पीडित बालिकालाई आरोपितले गत असोज १२ गते १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा गिरफ्तार भएका थिए ।
उनी विरूद्ध कात्तिक ८ गते ओखलढुङ्गा जिल्ला अदालतमा जवरजस्तीकरणी तथा हाडनाता करणाी मुद्दा दर्ता भएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १२ गते गरिएको थियो ।