१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बाबुलाई ०८३ जेठ २६ गते गिरफ्तार गरेको छ ।
बालिकालाई विगत ६ वर्षदेखि बलात्कार गर्दै आएको र अन्तिम पटक जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २६ गते इलाका प्रहरी कार्यालय, लेटाङमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि जेठ २६ गते घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मगेन्द्र मिश्रले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण मङ्गलवारे अस्पताल, उर्लावारीमा जेठ २६ गते गरिएको छ ।