INSEC Online

📅 २०८३ असार १०

वन कर्मचारीमाथि आक्रमण गरेको आरोपमा गिरफ्तार

 

रौतहट, ०८३ जेठ २४ गते

चन्द्रपुर सव डिभिजन वन कार्यालयका प्रमुख राजकुमार चौधरीको नेतृत्वमा राति गस्तिमा रहेका चन्द्रपुर सव डिभिजन कार्यालय र रङ्गपुर साझेदारी वन समूहको संयुक्त गस्ती टोलीमाथि ०८३ जेठ १९ गते आक्रमण गरेको आरोपमा प्रहरीले गुजरा नगरपालिका–२ मैरा टोल बस्ने ३६ वर्षीय राजकिशोर साहलाई वीरगन्ज महानगरपालिका –४ मा लुकिछिपी बसेको अवस्थामा जेठ २३ गते गिरफ्तार गरेको छ ।

साहविरुद्ध वन कार्यालयका प्रमुख राजकुमार चौधरीले जेठ २० गते  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिनुभएको थियो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम वसन्त गौतमले जानकारी दिनुभयो।

गौरी न्यौपाने

अन्य

भिडियो