अनौपचारिक क्षेत्र सेवा केन्द्र्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्य र घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको आयोजनामा स्वच्छ वातावरण र मानव अधिकार विषयक अन्तरक्रिया ०८३ जेठ २२ गते सुखडमा सम्पन्न भएको छ ।
इन्सेक प्रदेश संयोजक खडकराज जोशीले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार रहेकाले वातावरण अधिकार मानव अधिकारको आधारभुत आवश्कता रहेको बताउँदै स्थानीय सरकारले वातावरण संरक्षणका लागि नीति तथा कानुन बनाएर कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।

घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावलले वातावरण संरक्षरण र फोहोर व्यवस्थापन गर्न नीति तथा कानुन बनाएर कार्यान्वयन गर्दै आइरहेको र नगरले जलवायुमैत्री कृर्षी प्रणाली सुरु गरेको बताउनु भयो
गैरसरकारी संस्था महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष देवीप्रसाद खनालले वातावरणलाई स्वच्छ राख्न कुहिने नकुहिने फोहोरको वर्गाीकरण सहित उचित व्यवस्थापन गरी वरिपरिको वातावरण स्वच्छ बनाउन नगरपालिकाले पहल गर्नु पर्ने बताउनु भयो ।

विश्व वातावरण दिवसको अवसरमा घोडाघोडी नागपालिकास्थित कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालय, पहलमानपुरमा र दशरथ नमूना माध्यमिक विद्यालय, सोडेपानीमा वृक्षारोपण कार्यक्रम गरी विश्व वातावरण दिवस समेत सम्पन्न गरिएको छ ।लालझाडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालय र हेभन पर्ल वर्ड एकेडेमि इङ्ग्लीस बोर्डिङ्ग स्कुलमा वातावरण जोगाऔं, जिवन बचाऔँ भन्ने मुल नाराका साथ वृक्षारोपण कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाउदै गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहले नागरिकको स्वच्छ वातावरणको हकको सम्मानका गर्न गौरीगंगा नगरपालिका उपप्रमुख भोजबहादुर बमलाई पाँच बुदे ध्यानाकर्षण पत्र समेत बझाइएको छ ।




