INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–४ नौनियाका १८ वर्षीय पारस साउदलाई ०८३ जेठ १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १९ गते भैँसी गोठालो गएको बेलामा यौन दुर्व्यवहार गरिरहेको भेटिएपछि आरोपितविरुद्ध ईलाका प्रहरी कार्यालय, सुखडमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सुखडका डिएसपी रमेशदत्त अवस्थीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

मैनामोती चौधरी

अन्य

भिडियो