INSEC Online

📅 २०८३ जेष्ठ २२

विद्यालयबाट घर फर्कने क्रममा खहरे खोलाको भेलमा परी दुई बालकको मृत्यु

गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार जेठ २० गते साँझ श्री बुद्धि विकास माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा उनीहरू खोलामा बगेका थिए।

मृत्यु हुनेमा स्थानीय निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसी रहेका छन्।

घटनापछि स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले खोजी कार्य सञ्चालन गरेको थियो। खोजीका क्रममा दुवै बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो दिनुभयो।

गोपाल खड्का कक्षा १ मा अध्ययनरत थिए भने समिर केसी शिशु कक्षामा अध्ययनरत थिए।

वर्षायाम सुरु भएसँगै खहरे खोला तथा साना नदीहरूमा आकस्मिक बाढी आउने जोखिम बढेको उल्लेख गर्दै प्रहरीले अभिभावक तथा विद्यार्थीलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

तिलक घर्तिमगर

अन्य

भिडियो