१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–१ मनिकापुर शिविरका २४ वर्षीय विनोद नेपालीविरुद्ध पीडित पक्षले ०८३ जेठ १९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले विवाहको प्रलोभनमा पारी ०८२ पुस २४ गते भारतमा लगेर पटकपटक बलात्कार गर्दा पेटमा एक महिनाको गर्भ भएको अवस्थामा ०८२ चैत २३ गते नेपाल छोडेर आरोपित सम्पर्क विहिन भएपछि आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितविरुद्ध जबरजस्तीकरण अन्तर्गत जेठ १९ गते मुद्दा दर्ता गरी घटनाको अनुसन्धान भइरहेको र आरोपित फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका मुद्दाफाँटका सई सुरेश बोहराले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।