INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १२ वर्षीय, १३ वर्षीय, १३ वर्षीय, १३ वर्षीय, १४ वर्षीय र १५ वर्षीय गरी ६ जना बालकहरुलाई ०८३ जेठ १६ घर गाउँबाटै गिरफ्तार गरेको छ भने एक जना १५ वर्षीय बालक फरार रहेका छन् ।

आरोपितहरुले पीडितलाई जेठ १४ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले जेठ १७ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएका छन् ।

आरोपितहरुलाई गिरफ्तार गरी कारवाही अगाडी बढाइएको र एक जना आरोपित फरार रहेकाले खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण जेठ १६ गते कपिलवस्तु अस्पताल तौलिहवा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो