INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कन्काइ नगरपालिका-३ का ५० वर्षीय दिलकुमार प्रधानलाई जेठ १८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०८३ जेठ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोहीदिन इलाका प्रहरी कार्यालय, विर्तामोडमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते मेची प्रादेशिक अस्पताल, भद्रपुरमा  गरिएको छ ।

आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा जेठ १८ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।

 

नरेश खाती

अन्य

भिडियो