INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बेपत्ता’ पारिएकी महिलाको शवको खोजी, अर्कै शव फेला

बेलवारी नगरपालिका–४ की २६ वर्षीया महिलालाई ‘बेपत्ता’ पारेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय योगेन्द्र गुरूङ्गलाई गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन १७ गतेदेखि बेपत्ता पारेको आरोपमा पीडित पक्षले फागुन १८ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएपछि आरोपितलाई फागुन २४ गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर रामकुमार राईले बताए ।

पीडित बेपत्ता भएको उजुरी परेपछि आरोपित भागेकाले इलामबाट गिरफ्तार गरिएको इन्स्पेक्टर राईको भनाई छ ।

आरोपितले ति महिलाको हत्या गरी कोशी नदीमा फालिदिएको बयान दिएपछि प्रहरीले गोताखोर प्रयोग गरेर फागुन २६ गतेदेखि कोशीमा शव खोजी गरेको थियो ।

इन्स्पेक्टर राईले गोताखोरले फागुन २७ गते कोशीमा एक महिलाको शव फेला पारेपनि ति महिलाको पहिचान हुन नसकेको बताए ।

शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फागुन २८ गते गर्ने तयारी गरिएको इन्स्पेक्टर राईले बताए ।

घटनामा दुई ओटा शङ्कास्पद विषय जोडिएकाले अनुसन्धानलाई सुक्ष्म बनाइएको इन्स्पेक्टर राईको भनाई छ ।

अन्य

भिडियो