मनराशिसवा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर अधिवेशनमा दुई पक्षबिच विवादका क्रममा झडप हुँदा मनराशिसवा नगरपालिका बथनाहाका २८ वर्षीय गोविन्द कुमार कापर, २५ वर्षीय अभिशेष झा र रविशंकर चौधरी घाइते भएका छन्। घाइतेहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भएको रास्वपा जलेश्वर नगर कमिटिका सचिव पंकज पासवानले बताउनु भयो ।
मनराशिसवा नगरपालिकाका वडा नम्बर ८, ९ र १० लाई समुचित प्रतिनिधित्व नदिई नगर समिति गठन गर्न खोजिएको भन्दै केही कार्यकर्ताले अधिवेशनस्थलमै विरोध जनाएका थिए। विरोधका क्रममा उत्पन्न भएको विवाद बढ्दै जाँदा दुई पक्षबीच झडप भएको थियो ।