दमक नगरपालिका–८ वसन्त टोलकी २१ वर्षीया रोमा भनिने रमा तिवारीको शव बोरामा बाँधेर फ्यालिएको अवस्थामा फेला परेको छ ।
दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि हत्यापछि बोरामा बाँधेर फ्यालिएको अवस्थामा ०८३ जेठ १६ गते शव फेला परेको इलाका प्रहरी कार्यालय, दमकका डिएसपी किशोर लम्सालले बताउनु भयो ।
घटनाको प्रकृति हेर्दा रमाको जेठ १३ गते नै घाँटीमा प्लाष्टिकको डोरीले कसेर हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
विवादका क्रममा वा बलात्कारपछि हत्या हो त्यसको पुष्टि पोष्टमार्टम र फरेन्सिक रिपोर्टपछि मात्र हुने प्रहरीले जनाएको छ ।
घरबाट जेठ १३ गते हिँडेको छोरीको शव चार दिनपछि रतुवा पुलमुनि बोरामा बाँधिएको अवस्थामा फेला परेको मृतकका बाबु नारायण तिवारीले बताउनु भयो ।
बोरामा बाँधेर फ्यालिएको अवस्थामा स्थानीयले शव देखेपछि भदौ १६ गते प्रहरीलाई खबर गरेका थिए ।
मृतकका बाबु नारायण तिवारीले जेठ १७ गते कपडाका आधारमा छोरीको शव भएको पुष्टि गरेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
शव पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुरमा राखिएको छ ।