रंगेली नगरपालिका– २ का ४८ वर्षीय साइना मुर्मको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको छ ।
जिल्ला कारागार कार्यालय, मोरगंमा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि रहेको अवस्थामा मुर्मुको मृत्यु भएको हो ।
श्वासप्रश्वास समस्याका कारण ०८३ जेठ १६ गते बेहोस भएका मुर्मुलाई सोहीदिन कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा मुर्मुको मृत्यु भएको कारागारका निमित्त जेलर तुलसी पौडेलले बताउनु भयो ।
अचानक बेहोस भएर ढलेपछि उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा मुर्मको मृत्युको निमित्त जेलर पौडेलले बताउनु भयो ।
मुर्मु कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि ०८२ फागुन १३ गतेदेखि कारागारमा थिए ।
शव जेठ १७ गते पीडित परिवारले बुझी सद्गत गरेको छ ।