INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजाय

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अर्घाखाँची जिल्ला अदालतले मालारानी गाउँपालिका ६ सौतामारेका ३१ वर्षीय पुरुषलाई १३ वर्ष कैद र ५ लाख १० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८३ जेठ १२ गतेको इजलाशले आरोपितलाई बलात्कार गरेको कसुर ठहर गर्दै १३ वर्ष कैद सजाय, ५ लाख १० हजार रुपियाँ जरिवाना र २० हजार ४ सय रुपियाँ पीडित राहत कोषमा जम्मा हुने फैसला भएको जिल्ला अदालत मुद्दा फाँटका नायब सुब्बा प्रकाश भट्टराईले जानकारी दिनु भयो ।

आरोपितले बालिकालाई ०८२ पुस २१ गते दिउँसो मालारानी गाउँपालिका(६ हंसपुर टमिुरेको एकान्त जंगलमा बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले फागुन १४ गते हंसपुर बजारबाट गिरÏतार गरेको थियो । आरोपितलाई अनुसन्धान पश्चात चैत ६ गते अदालत पेस गरी पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८२ फागुन १३ गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा भएको थियो ।

कूल बहादुर नेपाली

अन्य

भिडियो