INSEC Online

📅 २०८३ जेष्ठ २१

मानवबेचविखन गरेको कसुरमा एक वर्ष कैद सजाय

१४ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई भारत लैजादै गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले २७ वर्षीय विक्रम लोधलाई एक वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश इन्द्र बहादुर कठायतको ०८३ वैशाख २७ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई एक वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई ०८२ असार ३ गते विभिन्न प्रलोभन देखाएर भारत लैजादै गर्दा प्रहरीले उद्दार गरेको भन्दै पीडित पक्षले असार ४ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा मानव बेचविखन तथा ओसार पसार सम्बन्धी कसुरमा उजुरी दिनुभएको थियो । प्रहरीले आरोपितलाई असार ३ गते वेलहियाबाटै गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार ३ गते भिम अस्पताल भैरहवामा गरिएको थियो ।

रीमा बि.सी.

अन्य

भिडियो