३८ वर्षीया महिलालाई ०८३ वैशाख १ गते बलात्कार प्रयास गरेको आरोपमा बुद्धभूमि नगरपालिका– १० धनकौलीका ४५ वर्षीय नुर मोहम्द मुसलमानविरुद्ध पीडित पक्षले जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
घटना पछि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ७ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।