मनहरी गाउँपालिका–३ घर भई हाल हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा बस्दै आएकी ४२ वर्षीया पत्नी ओमकुमारी भुजेललाई कुटपिट गरि हत्या गरेको आरोपमा पति ४५ वर्षीय रामलाल ब्लोनलाई प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ०८३ जेठ १२ गते बिहान आरोपित ब्लोनले पत्नी भुजेललाई कुटपिट गरी गम्भीर घाइते बनाएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । कुटपिटबाट घाइते भएकी ओमकुमारीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा बिहान ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि