INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दियाका ३ हजार १ सय ४ बालबालिकामा  कुपोषण

स्वास्थ्य कार्यालय बर्दियाले २० हजार ६ सय ४३ जना बालबालिकामा गरेको स्क्रिनिङ मध्ये ३ हजार १ सय ४ जनामा कुपोषण फेला परेको परेको छ ।

६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको  पोषणको अवस्था थाहा पाउन राष्ट्रिय पोषण लेखाजोखा अभियान चलिरहेको छ ।  राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत चलेको स्क्रिनिङमा ३ हजार ८१ जना बालबालिकामा कुपोषण देखिएको छ ।  जसमध्ये ४ सय ४५ जना बालबालिकामा कडा कुपोषण देखिएको स्वास्थ्य कार्यालय बर्दियाको सूचना अधिकारी  पदमा श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘गत आर्थिक वर्ष  २०८०/८१ मा २ सय ८२ जना बालबालिकामा कडा खालको कुपोषण फेला परेको थियो भने आर्थिक वर्ष  २०७९/८० मा २ सय ९५ जनामा कडा खालको कुपोषण भेटिएको थियो।’

स्क्रिनिङमा फेला परेका कुपोषण भएका बालबालिकाको उपचारका लागि स्वास्थ्य संस्थामा नाम दर्ता गरेर उपचार गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

‘मध्यम कुपोषित र कडा कुपोषित बालबालिकालाई अलग अलग विधिबाट उपचार र पोसिलो खानेकुरा उपलब्ध गराइएको छ । उहाँले भन्नुभयो, ‘ कडा खालका कुपोषणका बिरामीलाई  स्वास्थ्य संस्थाको निगरानीमा उपचार गर्दा पनि सुधार नआएमा अस्पतालमा रेफर गरेर थप उपचारका गर्नका लागि पठाइएको छ ।’

पछिल्ला समय कडा खालका कुपोषित भएका बालबालिका उपचारको लागि आउने क्रम बढ्दै गएको बर्दिया अस्पतालका बालरोग विशेषज्ञ  विशेषज्ञ डाक्टर  विश्वनाथ शाहले बताउनुभयो। उहाँले भन्नुभयो, ‘कतिपय कुपोषित आमाले जन्माएका बालबालिका नै कुपोषित हुने र पछि त्यसैबाट जटिलता आउने गरेको छ भने कतिपय बालबालिकाले पोसिलो खानेकुरा खान नपाउँदा कुपोषण हुने गरेको पाइन्छ।’

प्रकाश पौडेल

अन्य

भिडियो