INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कविलासी नगरपालिका–९ का १९ वर्षीय विमलेश कुमार यादवलाई ०८३ जेठ ८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपित यादवले बालिकालाई वैशाख २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ ६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

 बुधन साह

अन्य

भिडियो