INSEC Online

📅 २०८३ जेष्ठ २१

झापाका कारागारका एक जना कैदीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागार झापाका एक जना कैदीको उपचारका क्रममा ०८३ जेठ ९ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

पाँचथर जिल्ला याङवरक गाउँपालिका–६ का ६४ वर्षीय चन्द्रकुमार घिमिरेको उपचारका क्रममा जेठ ९ गते मृत्यु भएको कारागारका जेलर तेजिन्द्र तिम्सिनाले बताउनु भयो ।

श्वासप्रश्वास सम्बन्धी समस्याका कारण वि एण्ड सी अस्पतालमा उपचारका क्रममा घिमिरेको जेठ ९ गते बिहान मृत्यु भएको तिम्सिनाले बताउनु भयो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि जेठ ७ गते मेची प्रादेशिक अस्पताल, भद्रपुरमा भर्ना गरिएको र अस्पतालले वि एण्ड सी अस्पतालमा जेठ ८ गते रिफर गरिदिएपछि उपचारका क्रममा घिमिरेको मृत्यु भएको जेलर तिम्सिनाको भनाइ छ ।

जिल्ला अदालत झापाले बलात्कार मुद्दामा ०७५ कात्तिक ८ गते १० वर्ष कैद सजायको फैसला गरेपछि घिमिरे कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

मृतक घिमिरेका परिवारलाई जानकारी गराएको र पीडित पक्षलाई जेठ ९ गते शव बुझाउने तयारी गरिएको कारागार प्रशासनले जनाएको छ ।

नरेश खाती 

अन्य

भिडियो