INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला बटेश्वर गाउँपालिका–१ का २१ वर्षीय अन्जन लामालाई ०८३ जेठ ५ गते गिरफ्तार  गरेको छ ।

आरोपितले बालिकालाई दोलखाको शैलुङमा घुम्न आएको बेला विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको पीडित परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण  जेठ  ६ गते पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्रीराम तिमल्सिनाले बताउनु भयो।

उद्धव पोखरेल 

अन्य

भिडियो