INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हल्दीवारी गाउँपालिका–५ धनुषपोखरीकी ३३ वर्षीया उर्मिला भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति गोकर्ण भण्डारीलाई जेठ ५ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा ०८३ जेठ ५ गते पत्नीलाई खुकुरी प्रहार गरेको आरोपमा गणेश भनिने गोकर्ण भण्डारीलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्रबहादुर खड्काले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुरमा राखिएको छ ।

नरेश खाती

अन्य

भिडियो