INSEC Online

📅 २०८३ जेष्ठ २१

आँधिखोलामा बालुवा चाल्ने महिलालाई छोएन महिला दिवसले

काम आआफ्नै, अनि दुःख सुख र पीडा पनि आआफ्नै छन् । महिलाको नेतृत्वमा पुगेका र पुग्नको लागि प्रयत्न गरिरहेका महिलाहरू फागुन २४ गते अन्तर्राष्ट्रिय महिला श्रमीक दिवस मनाउमै व्यस्त छने भने कती महिला दिदीबहिनीहरू साँझ बिहानको छाक टार्नको लागि बिहान देखि साँझ घाम नडुबेसम्म खोला किनारमा बालुवा चालेर परिवारको गर्जो टार्नको लागि काममा तल्लिन छन् ।

वालिङ नगरपालिका–१३ झुङगेस्थित आँधिखोलाको बगरमा बालुवा चल्दै गरेका महिलाहरूलाई भने १०९ औँ अन्तर्रािष्ट्रय महिला दिवसले पटक्कै छोएको छैन । खोला किनारमा बालुवा चाल्दै गरेको अवस्थामा भेटिएकी वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङकी सुमित्रा बिकले आपूmलाई कुनै पनि विस थाहा नभएको बताउदै उनले भनिन्–‘जुन सुकै दिवस भएपनि काम नगरी खान पाइँदैन ।’ बिहान देखि साँझ सम्ममा एक ट्याक्टर बालुवा चल्ने गर्छु । यसैगरी यही खोलाको बगरमा बालुवा चालेर घर खर्च चलाउने गरेको छु । वैदेशिक रोजगारीमा विदेशमा रहेका पतिको मुख ताकेर बस्नु भन्दा आफैँ काम गरेर घर खर्च चलाउँदा पतिले विदेशमा दुख गरी कमाएको पैसा बचत हुने भएकोले खोला किनारमा बालुवा चाल्न आउने गरेको बताइन् । खोलामै बालुवा चाल्दै गरेकी राधा बिकले परिवार पालनपोषणको लागि बगरमा बालुवा चाल्ने गरेको र एक ट्याक्टर बालुवाको १ हजार २ सय रुपियाँमा विक्री हुने गरेको बताइन् ।

photo20190309syanja (1)

photo20190309syanja (2)

photo20190309syanja (3)

अन्य

भिडियो