INSEC Online

📅 २०८३ जेष्ठ २१

रुबी खानको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकारकर्मीको आग्रह

२२ दिनदेखि आमरण अनसनमा रहेकी महिला अधिकारकर्मी रुबी खानको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार रक्षकहरूले एक विज्ञप्ति प्रकाशन गरी गम्भीर चासो व्यक्त गरेका छन्।

प्रेस विज्ञप्तिमार्फत मानव अधिकारकर्मीहरूले नागरिकको बाँच्न पाउने अधिकार र स्वास्थ्यको अधिकारको सम्मान गर्दै खानको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न तथा उनले उठाएका विषयमा कानुनसम्मत समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

मानव अधिकार रक्षकहरूको टोलीले जेठ ४ गते संजीवनी अस्पताल पुगेर उपचाररत खानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको विज्ञप्तिमा जनाइएको छ । लामो समयदेखिको अनसनका कारण खानको स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने जोखिम रहेको चिकित्सकले जानकारी गराएका छन् ।

यसैबीच मानव अधिकार रक्षकहरूले जिल्ला प्रशासन कार्यालय बाँकेजिल्ला प्रहरी कार्यालय बाँके तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिसँग समेत भेटघाट गरी रुबी खानको स्वास्थ्य अवस्था र उनले उठाएका मागबारे ध्यानाकर्षण गराएका छन्।

विज्ञप्तिमा वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठनेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीइन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतएड्भोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक वसन्त गौतम तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले हस्ताक्षर गरेका छन्।

लुम्बिनी प्रदेश कार्यालय

अन्य

भिडियो